Categories: बाल कथा

सामर्थ्य


सुमन कडरिया
चितवन

एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ पशुपन्छीमध्ये जङ्गलको सबैभन्दा बुद्धिमान्?”
नियम बन्यो— “आफ्नो क्षमता, चातुर्य र विशेषता प्रदर्शन गर्नेले पुरस्कार पाउने।”
सभाध्यक्ष सिंह मञ्चमा उक्लियो र गर्जिंदै भन्यो, “आजदेखि बुद्धिमत्ताको नयाँ मापदण्ड तय हुनेछ। जसले आफ्नो बुद्धि व्यवहारमा प्रमाणित गर्छ, पुरस्कार उसैको हुनेछ।”
बाघले मृग समात्ने कला देखाउँदै भन्यो, “समय र परिस्थिति बुझेर लक्ष्य पहिचान गर्न सक्नु नै बुद्धिमानी हो।”
स्याल मुसुक्क हाँस्यो, “बलले होइन, बुद्धिले काम लिनुपर्छ। मैले त धेरैपटक बलियालाई पनि आफ्नो चालमा फसाएको छु।”
कागले टाढैबाट सबै गतिविधि नियाल्दै भन्यो, “देखेको कुरा सम्झनु र सही समयमा प्रयोग गर्नु नै असली बुद्धि हो।”
यसरी जङ्गलका सबै जनावर र पन्छीले आ–आफ्नै तबरबाट बुद्धिमत्ता प्रदर्शन गरे। कसैले बल देखाए, कसैले चातुर्य, कसैले स्मरणशक्ति त कसैले आफ्नो कला।
तर गधा भने सभा सुरु भएदेखि नै एउटा कुनामा चुपचाप उभिइरहेको थियो।
न उसले कुनै कला देखायो, न भाषण दियो, न कसैसँग विवाद गर्यो।
अन्त्यमा आयोजकले घोषणा गर्यो— “यस वर्षको प्रथम पुरस्कार गधालाई!”
सभामा एकाएक सन्नाटा छायो।
कागले मुख खोलिहाल्यो, “सरकार! कुनै चातुर्यता नदेखाई मौन बसेको गधालाई पुरस्कार? यो त अलि चित्तबुझ्दो भएन।”
स्यालहरूले पनि समर्थन जनाए कागलाई।
आफूलाई समर्थन गरेकोमा काग प्रफुल्ल हुँदै थियो।
सिंहले सबैलाई शान्त पार्दै गर्जिदै भन्यो- “धेरै बोलेर बाठो र दौडेर बलियो हुने होइन। मौन बसेर पनि गधाले चातुर्यता देखाएको छ।”
सबैले एकै स्वरमा प्रश्न गरे, “कसरी?”
सिंहले गधातिर हेर्दै भन्यो, “तिमीहरू सबैले आफ्नो बुद्धिमत्ता प्रमाणित गर्न केही न केही प्रदर्शन गर्यौ। कसैले आफ्नो शक्ति देखायौ , कसैले चाल, कसैले बोली।
तर गधाले कुरा बुझ्यो— जुन प्रतियोगिताको निर्णय गर्ने अधिकार आफूसँग छैन, त्यहाँ अनावश्यक प्रदर्शन गरेर आफ्नो कमजोरी किन देखाउने ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

8 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

2 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

2 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

4 days ago