Categories: बाल कथा

अनुसाशन


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?”- रामप्रसादले प्रश्न गरे। “ठिकै छ सर ! तर अचेल पहिलेको जस्तो साथीहरूमा जोस जाङ्गर देखिदैन।” विरेन्द्रले निरास हुँदै भने। “त्यही त भनेको निरन्तर क्लास प्रशिक्षणको आवश्याकता हुन्छ। उनीहरूमा सक्रियता ल्याउनका लागि नयाँ नयाँ रचनात्मक कार्यक्रमको आयोजना गर्नुपर्छ।”-रामप्रसादले सुझाव दिँदै भने। उनीहरूको बाटोमै भेट भएको थियो। “आउनुहोस् यता छायाँमा कति धेरै घाम छ।”- रामप्रसादले आफू बसेकोतिर विरेन्द्रलाई बोलाए। उनी पनि आएर सिमेन्टले बनेको चौपालमा बसे। त्यहा वर पिपललाई चौपाल बनाएर सझाइएको थियो। त्यसैको ओटमा बसेर गफ गर्न थाले। “अनि नानुको हुन त ?” विरेन्द्रले रामप्रसादसँग बसेकी बालिकाको बारेमा सोधे। “यिनी मेरो छोराको छोरी नातिना हुन अहिले दुई क्लासमा फष्ट भएकी थिइन।”- रामप्रसादले बालिकाको प्रसंशा गर्दै भने। “नानुको नाम के हो ?”-विरेन्द्रले बालिका सँग सोधे। “मेरो नाउ बालिका।” – उसले भनी। विरेन्द्र नगर स्तरको नेता थिए। “सङ्गठन चलाउनमा महत्वपुर्ण कुरा हो अनुसाशन्।”-रामप्रसादले भने। “अंकल हजुरले पनि आफ्नो घरमा मिटिङ्ग बसाल्दा ढोका बन्द गरेर बसाल्नुपर्छ ।”- बालिकाले भनी। उसको बोली राम्ररी फुटेको थिएन। बोल्दा तोत्लाएर बल्थी । त्यो बोली सुन्दर लाग्थ्यो। “अरू के के गर्नुहुन्छ त हजुर बाबाले ?”-विरेन्द्रले बालिकालाई काखमा उठाउँदै सोध्यो। “हजुर बाबाले त आदेश दिनुहुन्छ मात्र बियरको बोतल त अंकल आफैँ लिएर आउनु हुन्छ।”-बालिकाले प्याच्च भनी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

8 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

2 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

2 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

4 days ago