Categories: बाल कथा

साहसी रुपेश

बिष्णु उप्रेती
निकाेसेरा भक्तपुर

“रुपेश, तँ याहाँ आईज त” बाबुले छाेरालाई बाेलाए।
” किन बाबा ” भन्दै रुपेश बाबुकाे छेउमा गयो ।
” तेरो ,एस सी सी परीक्षाकाे मार्कसिट देखा त हेरुँ , कस्ताे गरिछस् ?”
केहिछिन पछि रुपेशले आफ्नाे मार्कसिट बाबुकाे हातमा दिँदै भन्यो ,”रिजल्ट राम्रो आएन , बाबा । बल्ल बी ग्रेट आयाे। अनि हाम्रो स्कुलमा कसैको पनि ए ग्रेट त आएन।”
केही छिन घाेरिएर, छाेराकाे परीक्षाफल हेरेपछि बाबुले भने, “यस्तै हाे भने , अब सरकारी स्कुलमा छाेराछाेरी पढाउनु भनेकाे खाडीदेशकाे मजदुर बनाउनु मात्र हुनेभाे। सम्झेर ल्याउँदा पनि बिरक्त लाग्छ। किन यसरी बर्बाद बर्बाद छ हाम्राे देशकाे शिक्षानीति ।
न शिक्षकले राम्रो पढाउछन् । न शिक्षा बिभागकाे कुनै चासो छ,, न कहिले अनुगमन निरिक्षण छ। न सरकारकाे नीतिनै गतिलाे छ। सबै दाेष अरुलाई दिएर पन्छिन मात्र सिपालु छन् याहाँ । निजी विद्यालयमा महंगो फी तिरेर पढाउने क्षमता  सबैको काहाँ हुन्छ र ।
बाबुकाे कुरा बीचैमा काटेर रुपेशले भन्याे, ” ठिक भन्नुभाे बाबा ,हजुरले , याहाँ सबै पन्छिने मात्र छन् । सबै भन्दा धेरै पन्छिन र दाेष अरुलई दिने ,तपाईँहरु जस्ता अभिभावक नै हुन्। छाेराछाेरीलाई स्कुल पाठाए पछि एकैचोटि रिजल्ट हेरेर टाउकाे दुखाउने अभिभावक चै दाेषी हुँदैनन् र बाबा ? ”
छाेराले फेरि भन्याे – एकबर्षमा , तपाईँ मेराे स्कुलमा कहिले पुग्नु भाे ? छाेराकाे बारेमा कहिले कुनै चासो स्कुमा गएर लिनु भयाे ? कहिले कुनै बिषयमा सरहरु सँग छलफल गर्नु भयाे ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

17 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

18 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

18 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

18 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago