ढाकामोहन बराल
पोखरा ७ मासबार, कस्की
“के गर्दै छौ, बाबु?”भरखरै शिक्षा सेवा आयोगको सिफारिसमा नियुक्ति पाएर पढाउन थालेको विद्यालयमा घुम्दै गरेको मैले सोधेँ।
ऊ खिस्स हाँस्यो मात्र।
“कति कक्षामा पढ्छौ ? ” मैले जान्न खोजेँ ।
” तीन । ” उसले जवाफ दियो ।
” के लेखेर बसेको त ? ” मैले सोधेँ ।
” होमर्क । ” उसले भन्यो ।
“अहिले त खाजा खाने , खेलमैदानमा खेल्ने पो हो त । होमवर्क त घरमा गएर गर्नु पर्छ ।” खाजा खाने विदामा विद्यार्थीलाई पढाईको मानसिक तनावबाट मुक्त गर्नुपर्छ भन्ने मेरो मान्यता थियो ।
” के गर्नु सर घर गए पछि किताब हेर्न पाइँदैन ।” उसको जवाफ थियो ।
” किताब त हेर्नु पर्यो नि । के हेर्छौ त ? ” मैले भने ।
” भाइ।” उसको जवाफ थियो ।
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…