Categories: बाल कथा

होमवर्क

ढाकामोहन बराल
पोखरा ७ मासबार, कस्की

“के गर्दै छौ, बाबु?”भरखरै शिक्षा सेवा आयोगको सिफारिसमा नियुक्ति पाएर पढाउन थालेको विद्यालयमा घुम्दै गरेको मैले सोधेँ।
ऊ खिस्स हाँस्यो मात्र।
“कति कक्षामा पढ्छौ ? ” मैले जान्न खोजेँ ।
” तीन । ” उसले जवाफ दियो ।
” के लेखेर बसेको त ? ” मैले सोधेँ ।
” होमर्क । ” उसले भन्यो ।
“अहिले त खाजा खाने , खेलमैदानमा खेल्ने पो हो त । होमवर्क त घरमा गएर गर्नु पर्छ ।” खाजा खाने विदामा विद्यार्थीलाई पढाईको मानसिक तनावबाट मुक्त गर्नुपर्छ भन्ने मेरो मान्यता थियो ।
” के गर्नु सर घर गए पछि किताब हेर्न पाइँदैन ।” उसको जवाफ थियो ।
” किताब त हेर्नु पर्यो नि । के हेर्छौ त ? ” मैले भने ।
” भाइ।” उसको जवाफ थियो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

8 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

8 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

8 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago