स्वस्तिका सिम्खडा

“आफ्नो घरको कुरा अरूसँग किन भन्नु ?” भन्ने सामाजिक दबाबले सावित्रीको मुख थुन्थ्यो।
सावित्रीलाई बचाउन कोही अघि सर्दैनथे। उसको श्रीमान् सानो कुरामा रिसाउने र हातपात गर्ने बानीले गाउँमा बदनाम थियो। तर, घरभित्रका यस्ता घटना कहिल्यै बाहिर आउँदैनथे।
सावित्रीको मनमा सधैँ एउटा प्रश्न घुमिरहन्थ्यो- “यस्तो अन्याय सहेर म कस्तो जीवन जिउँदै छु ?”
एक दिन उनले हजुरआमाले भनेको उखान सम्झिन्, ” एक हातले ताली बज्दैन।” सावित्रीले सोचिन्, “यदि म चुपचाप सहिरहेँ भने यो हातपात कहिल्यै रोकिँदैन।”
त्यही रात उनले सपनामा एउटी बृद्ध महिलालाई देखिन्। बृद्धाले मुस्कुराउँदै भनिन्, “डरायो भने अन्याय बढ्छ, बोल्यौ भने न्याय हुन्छ। हरेक पीडामा पनि साहसको बीउ हुन्छ। अब त्यो बीउ उम्राउनु तिमीमा निर्भर छ।”
सपना साधारण तर सन्देश गहिरो लाग्यो उनलाई । सावित्री भोलिपल्ट बिहान उठ्नेबित्तिकै दृढ भइन्।
जब श्रीमानले सानो कुरामा झगडा गर्न खोजे, सावित्रीले आँखा जुधाउँदै भनिन्, “अब म यो अन्याय सहन्नँ। तिमीले मलाई नपिट्ने प्रतिज्ञा गर, होइन भने म कानुनी कदम चाल्नेछु।” उनको स्वर शान्त थियो, तर दृढता झल्किन्थ्यो।
यो कुरा गाउँभरि फैलियो। महिलाहरूले सावित्रीको हिम्मतको कुरा गर्दै एकअर्कालाई सुनाए। “घरभित्रको हिंसा लुकाएर सहेर बस्ने होइन। अब हामी पनि बोलेर न्याय खोज्न सिक्नुपर्छ,” केही महिलाले भने।
सावित्रीको साहसले न केवल उनको जीवन बदलियो, तर गाउँका अन्य महिलाहरूको मनमा पनि नयाँ सोचको जन्म गरायो। उनले आफूलाई मुक्त गराउने साहस मात्र देखाइनन्, अरूलाई पनि अघि बढ्ने बाटो देखाइन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

23 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

23 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago