Categories: बाल कथा

कन्यादान


शान्ता तिम्सिना
भक्तपुर सिर्जनानगर

“एकाबिहानै कसले फोन गर्यो ?” किरिङ किरिङ बजेको मोबाइल उठाउँदै उसले आफैँलाई प्रश्न गर्यो र फोन उठायो।
“हेलो, म गौरीको बाबा बोलेको, तिमी जसरी पनि अहिले दस बजे हाम्रो घरमा आउनू है!”
“हस्, हुन्छ” उसले फोन राख्यो। मनमा खुसीहरू मडारिन थाले। उसका खुट्टा भुइँमा थिएनन्। गौरी उसकी प्रेमिका थिई। उनीहरुको प्रेमबारे घरमा उसको बाबालाई सबै थाहा थियो।
उसले सोच्यो, “हामी दुईको बिबाहको कुरा गर्नको लागि बोलाएको हो कि?”
नुहाइ धुवाइ गरेर दाह्री काटेर ऊ चिटिक्क पर्यो। सरासर गौरीको घरतर्फ लाग्यो। ऊ पुग्नासाथ उनीहरूले खुसीका साथ स्वागत गरे।
“किन बोलाको होला?” उसको मनमा कुरा खेल्दै थियो।
बाबाले भने, “आज तिहारको शुभ दिनमा किन बोलाएको, भन्ने लागेको होला, हैन?”
उसले `हो´ को भावमा मुन्टो हल्लायो।
“मेरी छोरीको असल साथी रहेछौ। अझै नजिक बनाउन मन लाग्यो। त्यसैले आज यहाँ बोलाएको हो।” बाबाले प्रष्ट पारे।
उसको नजर टेबलमा पर्यो। थालीमा टीका, किस्तिमा माला, फलफुल अनि सर्ट पाइन्टको कपडा सजाइएको थियो।
मनमनै सोच्यो, “ओहो ! बुढाले आजै पो फुलमाला गर्न लागेछन्। थाहा भएको भए एउटा औँठी त ल्याउँथेँ नि!”
बुढाले ठूलो स्वर गरेर कराउँदै भने, “गौरी कहाँ छौँ ? तिम्रो दाइ आएको छ। सप्तरङ्गी टीका पनि लिएर आऊ। साइत हुन लाग्यो।”
“यो सब के हो बाबा?” उसले आत्तिएको स्वरमा भन्यो।”
बुवाले जङ्गिदै भने,”आठ कक्षा फेल भएको ड्राइभरलाई करोडौँ खर्चमा पढाएकी छोरीको कन्यादान म कसरी गरूँ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

5 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

5 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

6 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago