शान्ता तिम्सिना
भक्तपुर सिर्जनानगर
“एकाबिहानै कसले फोन गर्यो ?” किरिङ किरिङ बजेको मोबाइल उठाउँदै उसले आफैँलाई प्रश्न गर्यो र फोन उठायो।
“हेलो, म गौरीको बाबा बोलेको, तिमी जसरी पनि अहिले दस बजे हाम्रो घरमा आउनू है!”
“हस्, हुन्छ” उसले फोन राख्यो। मनमा खुसीहरू मडारिन थाले। उसका खुट्टा भुइँमा थिएनन्। गौरी उसकी प्रेमिका थिई। उनीहरुको प्रेमबारे घरमा उसको बाबालाई सबै थाहा थियो।
उसले सोच्यो, “हामी दुईको बिबाहको कुरा गर्नको लागि बोलाएको हो कि?”
नुहाइ धुवाइ गरेर दाह्री काटेर ऊ चिटिक्क पर्यो। सरासर गौरीको घरतर्फ लाग्यो। ऊ पुग्नासाथ उनीहरूले खुसीका साथ स्वागत गरे।
“किन बोलाको होला?” उसको मनमा कुरा खेल्दै थियो।
बाबाले भने, “आज तिहारको शुभ दिनमा किन बोलाएको, भन्ने लागेको होला, हैन?”
उसले `हो´ को भावमा मुन्टो हल्लायो।
“मेरी छोरीको असल साथी रहेछौ। अझै नजिक बनाउन मन लाग्यो। त्यसैले आज यहाँ बोलाएको हो।” बाबाले प्रष्ट पारे।
उसको नजर टेबलमा पर्यो। थालीमा टीका, किस्तिमा माला, फलफुल अनि सर्ट पाइन्टको कपडा सजाइएको थियो।
मनमनै सोच्यो, “ओहो ! बुढाले आजै पो फुलमाला गर्न लागेछन्। थाहा भएको भए एउटा औँठी त ल्याउँथेँ नि!”
बुढाले ठूलो स्वर गरेर कराउँदै भने, “गौरी कहाँ छौँ ? तिम्रो दाइ आएको छ। सप्तरङ्गी टीका पनि लिएर आऊ। साइत हुन लाग्यो।”
“यो सब के हो बाबा?” उसले आत्तिएको स्वरमा भन्यो।”
बुवाले जङ्गिदै भने,”आठ कक्षा फेल भएको ड्राइभरलाई करोडौँ खर्चमा पढाएकी छोरीको कन्यादान म कसरी गरूँ?”
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…