Categories: कविता

“सुन्तला”


तुलसी पण्डित

सुन्तलाको घारीमा म त हराएँ
बाआमालाई गुहार्दै ज्यादै कराएँ
जब देखे सुन्तला रुखमा चढेर
मिठा फल टिप्दै खाएँ मत मस्केर

फल्न पनि लटरम्म अति फलेको
आँत पनि पलायो अति जलेको
जता गयो उतै राम्रो लटरम्म फल
हेर्दा झनै मोहनी सुखदको पल्

सोचेँ गमेँ विचार गरेँ अमूल्य यो धन
बेच्न सके धन आय सुखी हुन्छ जन
रोजगारको सृष्टि पनि यसले गराउछ
जान झनै कही पर्दैन सन्ताप हराउछ

तागत दिन्छ झन यसले रोग भगाउछ
यसको रस लिन सके जोश बढाउछ
खादा पनि स्वादिष्ट छ अमूल्य छ रस
खाएर त हेरौँ साथी पाउछ उसले जस

बगैँचाको मालीले मलाई सह्राए
रोजेर खाउँ बाबु फल भन्दै अह्राए
जति टिपी खाए पनि धित मरेन
जता हेर्यो सुन्तला घर सम्झिन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago