रम्भा पौडेल
बसन्ती बिस्तरामा सुतिराखेकी थिइन्।
बाबाले नानी ! नानी ! भनेर बोलाउनुभयो।
बसन्ती हजुर बाबा ! भन्दै उठिन्।
बाबाले भन्नु भयो — “आज त हाम्रो घरमा उज्यालो आउदै छ नी ?”
बसन्तीले प्रश्न गरी — “के को उज्यालो बाबा ? ठुलो बत्ती बाल्ने हो र ?”
“हो नानी । अब त हाम्रो घरमा बिजुली बत्ती आउदै छ नी।
अब तिमीहरुलाई त्यो सानो टुकी बत्तिमा बाल्नु पनि पर्देन नि।”
बसन्ती खुशी भई।
“आमा नभइकन त त्यो बत्ती जति बाले पनि उज्यालो हुँदैन मलाई त ? आमा विदेशमा बसेर कहिले सम्म पैसा कमाउने हो र बाबा ? आमाको मलाई धेरै मायाँ लाग्छ ।” छोरीले प्रश्न गरी।
अब तिम्री आमा पनि आउँदै छन नि।
“हो र बाबा ? कहिले ?”
उसले बाबाको मुख तर्फ हेरेर प्रश्न गरी।
“हो नानी भोलि।”
बसन्ती भोलिको पर्खाइमा बसी । आमाले विदेशबाट ल्याउने नानाको कल्पना गरेर उसलाई रातभरि निद्रा
लागेन।
कतिबेला आउनुहोला भनेर पर्खिराखी। बिहान उठेर उसले हातमुख धोई । आँगनमा बसेर आमा आउने बाटो हेरीरही।
त्यो दिन पनि दिनभरि आमालाई कुरिरही। आमाको जहाज ढिलो भएकोले त्यो दिन पनि बाटो हेरेर बस्नु परयो।
अर्काे दिनको सांझको बत्ति बाल्ने बेला भयो। अझै आमा आउनुभएन।
उसले त्यत्तिकैमा एउटा गाडी आफ्नो घरको अगाडि आएको देखी।
आमा गाडीबाट झर्नुभयो। बसन्ती आमा! आमा! भन्दै दौडिन्।
आमाले च्याप्प समाउनुभयो र म्वाइ खानु भयो। बसन्तीको अनुहार उज्यालो भयो।
बाबाले यता घरको बाहिर बिजुली बत्ती बाल्नुभयो।
बसन्तीको घर र आँगन उज्यालो भयो।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…