ममता मृदुल
आज शनिबार मन्दिरमा धेरै भिड थियो।
ज्योतिषले शनिबार बुढाको नाममा नियम अनुसार पूजा गर्नु भनेकाले गरेँ।
छेउमा गएर बत्ती बालेर दिर्घायुको कामना गर्दै निहुरिएर ढोगेँ।
बिहान सात बजे घरबाट आएकी नौ बज्न लागेछ।
घरमा बुढा भएका सासूससुरा छन्।
छोरा चकचके छ।
कति काम बिगारी सक्यो होला।
छोरीलाई दाल र भात पकाउनु म आएर तरकारी पकाउँछु, भनेकी थिएँ।
मन हतारियो।
छिटो छिटो जान्छु भन्ने सोच्दै अगाडि जान लागेकी केराको बोक्रामा टेकेछु।
चिप्लिएर लड्छु मनले सोचेँ, लडेँ लडेँ भएको थिए सेल्फी खिच्न लागेका पुरुषले पछाडिबाट कम्मरमा समाएर उठाइदिए।
तपाईंका आँखा छैनन् उनीसँग सेल्फी खिच्न लागेकी युवतीले मलाई हेरेर रिसाउँदै भनिन्।
उनीले भनेपछि उनका छेउका पुरुषको अनुहारमा हेरेँ।
आँखा नभएका जस्तै भएँ आज।
लोग्नेको दिर्घायुका कामना गर्न मन्दिर आएकी हो, मनमनै सोचेँ।
“आफ्नै छेउमा अर्की आइमाईसँग सेल्फी खिच्दै छन् भनेर आफ्नै लोग्ने नदेख्ने आँखा नै रहेन छ, तपाईँ भनेपछि पो देखेँ ।”
मैले उनलाई जवाफ दिँए।
हार्दिक धन्यवाद ।।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…