Categories: बाल कथा

‘प्रेमालाप’


ध्रुवराज थापा ‘पुरूष’
काभ्रे,पनौती। हाल:कपन,काठमाडौँ

मोबाईमा घण्टी बज्यो रत्नेले बोल्यो, “हलो जेपी!”
उताबाट जवाफ आयो, “रत्ने तँ कहाँ छस् ? आज दिउँसो दुईबजे मनशान्ति पार्कमा आईज है, रश्मिले पनि आउँछु भनेकी छ !”
रत्नेले भन्यो, “आउँदिन म, तँलाई पो तेरो गर्लफ्रेण्ड साथी हुन्छ, म जोक्कर बन्न किन आउँ ? आउन्न म त !”
जेपीले पुन जोडबल गर्यो, “आईजोन यार साथीको लागि त्यति गर्न सक्दैनस् ? बल्ल उसले आज मलाई समय दिएकी छ आज केही होला जस्तो छ !” रत्नेले ईन्कार्न सकेन।
पार्कमा रश्मि र जेपीको भेट भयो । खाली रहेको एउटा बेन्चमा गएर बसे । उनीहरू प्रेमिल कुराकानी गर्दै थिए । केही बेरमा रत्ने पनि टुप्लुक्क आईपुग्यो । रत्नेलाई बस्न दुबैले आग्रह गरे । उनीहरू एक आपसमा चिनजानका साथी पनि थिए । रत्ने जेपीको छेउमा बस्यो । जेपीले रत्नेलाई सर्प्राईज दिने हिसाबले ज्याकेटको चेन खोल्यो र एउटा रातो गुलाफ निकालेर रमिता तिर तेर्स्याउँदै भन्यो, “रश्मि आज प्रेम दिवसको दिन म तिमीलाई यो फूल दिन चाहन्छु, आई लभ यु !”त्यतिनै बेला रश्मिले एक हातले जेपीले दिएको फूल समाति र अर्को हातले पछाडीबाट रत्नेको हातलाई जोडले च्याप्प समाति र जेपी तिर हेरेर भनि, “सेम टु यु !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago