स्पर्श

प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

“आज बिदा होइन र ? कता जाने हो फेरि”
श्रीमतीले भनिन्।
“के शनिबार भन्दैमा कामै नपर्ने होर? गुरु पुर्णिमा परेको हुनाले विद्यार्थीहरूले बोलाएका छन।
बाहिर निस्किनै लागेका रमाकान्तले भने उनी बाटोमा हिंडिरहेकाे बेला कसैले पछाडिबाट हात समायो। फर्केर हेरे मैले झुत्रो कपडा लगाएको एउटा सानो केटो उभिएको थियो । उसको यस्तो अवस्था देखेपछि रमाकान्तले अंगालोमा लिँदै भने, “तिमी कहाँ बस्छौ बाबु ? ”
उसले भन्यो।
“म यहीँ सडकमै बस्छु तपाईँलाई पढाउन गएको देखिरहेको हुन्थे।”
“मलाई किन रोकेको त बाबु ?”
रमाकान्तले प्रश्न गरे।
उसले उत्तर दिँदै भन्यो, “मैले सुनेको गुरुको स्पर्श पायो भने पनि जिन्दगी राम्रो हुन्छ रे!”