Categories: बाल कथा

“स्वार्थ”


श्यामप्रसाद श्रेष्ठ
ईमाडोल,ललितपुर

“उ त्यही हो ,हाम्रो दुष्मनको घर! होसियार भएर चारै तर्फबाट घेरौँ, कहीँबाट उम्किएर भाग्न नपाओस,” अँधेरोमा नाइके स्यालले आफुसँगै आएको स्यालहरुलाई हेर्दै आदेश दियो।
सबँ स्यालहरुले नाइके स्यालको आदेशलाई टाउको हल्लाएर मौन समर्थन गरे। स्यालहरु चलाखीपुर्ण ढंगले रातो भाले कुखुराको खोर घेर्ने काम गर्दै थिए।
स्यालको नाइके ठुलो स्वरले कराउँदै आदेश दियो- “आक्रमण ! भाग्न नपाओस!”
नाइके स्यालको आदेश पाएर स्यालहरु खोरभित्र पसेर भालेको कसैले घाँटी अँठ्याए,कसैले मुख थुने,कसैले घिच्रो,कसैले खुट्टा ,कसैले पखेटा समाए। रातो भाले कुखुरा न चलमलिन सक्यो ,न आवाज नै निकाल्न सक्यो।
स्यालहरुले जंगलको छेउमा रहेको आफ्नो ओडार भित्र लगेर भालेलाई बन्दी बनाए।
भालेले चारै तर्फ स्यालको कब्जा देखेर सोध्यो – “ मैले त्यस्तो के जघन्य अपराध गरेको थिएँ र तिमीहरुले यसरी मलाई यहाँ बन्दी बनाउँदै छौ?”
स्यालको नाइकेले घाँटी उठाउँदै भन्यो-“ सुतेको मान्छेलाई जगाउने अपराधमा तिमीलाई बन्दी बनाएका हौँ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

4 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

5 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

5 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

23 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

23 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago