Notice: Undefined variable: title_tag in /home/sarathib/public_html/wp-content/plugins/accelerated-mobile-pages/components/components-core.php on line 125

मङ्सिर १०, २०८१ । दाङको घोराहीमा २९ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सकेर हामी काठमाडौं फर्किसकेका छौँ । सम्मेलनअन्तर्गत र्याली, बालबालिकालाई कथा, कविता, निबन्ध, बालसमीक्षा, चित्रकला, सङ्गीत, अभिनय र नृत्यको प्रशिक्षण, विद्यार्थीका लागि देवनागरी लिपि अक्षर सुलेखन प्रतियोगिता, विद्यार्थीबिच बालकथा र बालकविता प्रतियोगिताको आयोजनासहित पुरस्कार वितरण, वरिष्ठ बालसाहित्य्कार तेजप्रकाश श्रेष्ठलाई “चूडा-चरण बालजीवनी पुरस्कार” समर्पण, बालसाहित्य, बालपठन, पुस्तकालयको महत्त्व, डिजिटल प्रविधिबाट बालबालिकामा परेको प्रतिकूल असर, स्थानीय सरकारबाट बालबालिकाका क्षेत्रसहित बालसाहित्य, बालपठन र बालपुस्तकालयका लागि भैरहेको लगानीसम्बन्धी विभिन्न ६ वटा परिसंवाद कार्यक्रम, बालपुस्तक प्रदर्शनी, बालबालिकाले चित्रकला प्रशिक्षणका अवसरमा तयार पारेका चित्रहरूको प्रदर्शनी, बालपुस्तकहरूको लोकार्पण लगायतका कार्यक्रमहरू संचालन भए । साथै नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धुलाई सार्वजनिक अभिनन्दन समेत गरियो । कार्यक्रमका अतिरिक्त बाहिरबाट पुगेका बालसाहित्यकार एवम् अन्य प्राज्ञिक व्यक्तिहरूलाई दाङका महत्त्वपूर्ण स्थलहरू रत्नदेव मठ र योगी नरहरिनाथद्वारा स्थापित पुस्तकालय, धातुबाट बनेको विश्वकै सबैभन्दा अग्लो त्रिशूल र पाण्डवेश्वर महादेव मन्दिर, बाह्रकुने ताल र कान्छा बराह मन्दिरको अवलोकन र अध्ययन गर्ने अवसर प्राप्त हुनुका साथै नेपाल संस्कृत विश्वविद्यालयको भ्रमण गर्ने मौका प्राप्त भयो । यी सबै कार्यक्रमहरूका अतिरिक्त सुविधाजनक आवास र स्वस्थकर-मिठो भोजनको व्यवस्थाका लागि स्थानीय आयोजक समितिका पदाधिकारी र सदस्यज्यूहरू, सबै सल्लाहकारज्यूहरू, संस्थागत सहयोग गर्नुहुने घोराही उपमहानगरपालिकालगायत सबै संघसंस्थाहरू, राष्ट्रिय वाणिज्य बैंक, कोपिला किताब विशेषगरी स्थानीय मूल आयोजक समितिका संयोजक डा. टीकाराम उदासी र सदस्य सचिव सूर्य बिसीप्रती नेपाल बालसाहित्य समाजको अध्यक्षको हैसियतले हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै, विभिन्न प्रशिक्षणका प्रशिक्षक एवम् सहजीकरण गर्नुहुने, परिसंवादमा आफ्ना गहकिला विचार प्रस्तुत गर्नुहुने र सम्मेलनमा सहभागी हुनुहुने सबै विशिष्ट साहित्यकार लगायत सहभागी विद्यार्थी भाइबहिनीहरू, शिक्षक एवम् प्राध्यापकहरू, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, स्थानीय निकायका पदाधिकारीहरू सबैमा हार्दिक आभार । सम्मेलनको समुद्घाटन गरिदिनुहुने उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम खतिवडाज्यू र समापन समारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माज्यूमा हार्दिक आभार । यी सबै कार्यक्रमको व्यवस्था र समन्वयका लागि रातदिन खट्ने समाजका महासचिव विजयराज आचार्यलाई पनि म हृदयत: साधुवाद दिन्छु ।

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

18 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

18 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

19 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago