पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा
हजुर बुबा पछि पछि, हामी हिडिउँ अघि,
बाटाभरी ज्ञानी कुरा, सिकाउनुभाे कति ।
बाटाे हिड्दा अघि लाग्नु, भिडभाड पछि ।
घाँटी हेरी हाड निल्नु, खाना खानु अघि ।
अनिकाल जाेगाउ बिउ, हुलमूलमा जीऊ
शत्रुहरू बढ्दै जान्छन्, नखाेज्नु रे निउँ ।
आफूभन्दा बडालाई , गर्नुपर्छ जिऊ
बिना दही पानी मथी, बन्दैन रे घिऊ।
पढे काजी नपढे पाजी, कुरा बुझ्नै गाराे,
कामसकि सकेपछि, बन्द बत्ती धाराे
आउँदा जाँदा मायामाेह, बिर्से काे हाे काे हाे?
घाम डुब्न लागे पछि, सबकाे बास जाेहाे
काम सर्याे दुख बिर्स्याे, गर्नुहुन्न अरे,
कामे लग्लग् तिघ्रा खाेला, तर्नु हुन्न अरे
अझै धेरै सिकाउँछु, भन्नु भाछ भरे,
कति ज्ञानी हजुरबुबा, म त छक्कै परेँ ।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…