Categories: कविता

“नव वर्ष देखि नै”

शुभकामना सहित

कृष्णशरण उपाध्याय पौडेल

छन्द : उपजातिवंशा

नाचौँ र गाऔँ नव वर्ष देखि नै
खुशी मनाऔँ नव वर्ष देखि नै

कुना अँध्यारा झलमल्ल पार्नु छ
जागौँ जगाऔँ नव वर्ष देखि नै

बन्नैछ हामी सब आत्मनिर्भर
उठौँ उठाऔँ नव वर्ष देखि नै

नेपाल सम्पन्न सुखी बनाउन
जुटौँ जुटाऔँ नव वर्ष देखि नै

इच्छा अँठ्याई मन मा नराखौँ
खुलौँ खुलाऔँ नव वर्ष देखि नै

बसौँ सबै मानिस का दिलै मा
डेरा जमाऔँ नव वर्ष देखि नै।

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

22 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

22 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

23 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago