महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
“यो के हो ?” भान्साको टेबलमा राखेको झुत्रो कपडा (झुम्रो) देखाउँदै भाइले दिदीलाई सोध्यो।
“हन्बेर्नो।” भाइको प्रश्न सुनेर मन्त्राणी भइखाएकी दिदीले तत्कालै भनिन्।
“फलामका कालिगढले आगो तह लगाउने फलामको आङ्कुसेलाई पो हन्बेर्नो भन्छन त होइन ?” भाइले फेरि सोध्यो।
“हो।” दिदीले सही थाप्दै भनिन्, “त्यसलाई पनि हन्बेर्नो नै भन्छन्।”
“अनि भिनाजुले मलाई चैँ किन “हन्बेर्नो” भन्नुभएको?” अनौठो मान्दै उसले सोध्यो।
“विदेश पठाइदिन्छु भनेर ठगेको अभियोग लाग्दा पनि तँलाई प्रहरीबाट बचाएर पाल्नु परेकाले होला।” दिदीले आज मुख फोरिन्।
उसले पनि तुरुन्तै जवाफ फर्कायो, “यस्तो हन्बेर्नो म मात्रै हो र ? अरु मन्त्रीहरुले पनि संरक्षण गरिरहेकै छन् नि !”
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…