दुर्गा पौड्याल
हामी साना नानी
चकचक गर्ने बानी
जे पाईन्छ त्यही
टिपी खाने हामी।
हामी साना नानी
खेल्ने कुद्ने बानी
कैले खेल्छौ माटो
कैले खेल्छौ पानी।
जहाँ देख्छौ बालु
त्यही बन्छौ ठालु
थुप्रो माथि चढी
खेल्छौ लडी बुडी।
बनाउँछौं घर मन्दिर
बालुवाकै सबै
लड्डु पनि बालुवाकै
बनाउँछौं सबै।
हावा चल्यो हुरुरु
उड्यो बालु फुरुरु
आँखा भरी धुलो पुग्यो
दौड्यौ घर गुरुरु।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…