माहेश्वरी भट्ट
हामी साना मुना, मिल्छौँ सबै,
खेलौँ, पढौँ, हाँसौँ जहिँतही।
नदीझैँ बग्छौँ, नरोकिने,
आकाश छुने सपना देख्ने।
फूलझैँ फुल्छौँ, सुगन्ध छर्ने,
सत्कर्म गर्ने, राम्रो सिक्ने।
हातेमालो गरौँ, अघि बढौँ,
देशको ज्योति बनौँ, चम्कौँ।
माया, खुशी, हाँसो छर्ने,
नानीबाबु असल बन्ने!
बादलझैँ उमङ्गी छौँ,
इन्द्रेणीझैँ रङगी छौँ।
सधैँ सत्यको बाटो रोजौँ,
ज्ञानको दियो मनमा बालौँ।
अभिमान होइन, सत्कार गरौँ,
सबैलाई माया, आदर गरौँ।
काखैमा हामी फूलौँ सुन्दर,
हाम्रो भविष्य बनौँ उज्ज्वल!
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…