Categories: कविता

“वसन्त कविता”


शोभा कोइराला

छन्द:- वसन्ततिलका

उल्लासले हरित जङ्गल वस्त्र फेर्छन्
ऐँसेलु काफल अहा! वनभित्र फल्छन्
आयो वसन्त लतिका वनकुञ्ज भित्र
छायो वसन्त कविता कवि भित्र भित्र।

लालीगुराँस ढकमक्क फुलेर आयो
सौन्दर्यले सब दिशातिर मोह लायो
पायो वसन्त ऋतुले गरिमा विचित्र
छायो वसन्त कविता कवि भित्र भित्र।

सानन्दले प्रकृति नै खुब मुस्कुरायो
आकाश माथि बिजुली पनि गड्गडायो
ल्यायो वसन्त ऋतुले सृजना सचित्र
छायो वसन्त कविता कवि भित्र भित्र।

नाच्दै विहङ्ग बचरा खुब खेल्न पाए
गुञ्जाउँदै विपिनमा लय साथ गाए
धायो वसन्त यसरी नभमा पवित्र
छायो वसन्त कविता कवि भित्र भित्र।

बर्सातको मिलनमा पनि सेतु बन्ने
ठण्डी र ताप बिचमा पनि हेतु बन्ने
आयो वसन्त वसुधाधिप मास चैत्र
छायो वसन्त कविता कवि भित्र भित्र।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

34 minutes ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

45 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 hour ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago