Categories: कविता

हाम्रा पाले दाइ !


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

`अब लाइन बस्नुपर्छ´
भन्दै हामीलाई
दस् बजेकोको घन्टी लाउँछन्
हाम्रा पाले दाइ !

चानेचुने मान्छे हैनन्
सबलाई कजाउँछन्
पिरेडपिच्छे सम्झाउँछन्
घन्टी बजाउँछन्

`फेरि पढ्न आउनुपर्छ
खाजासाजा खाई´
खेलछुट्टीको घन्टी लाउँछन्
हाम्रा पाले दाइ !

सफा हुन सिकाउँछन्
बढारकुढार गर्छन्
`मैले भन्या सबले मान्छन्´
भन्दै मक्ख पर्छन्

आज अब भयो पुग्यो
सबलाई बाई-बाई´
चार् बजेको घन्टी लाउँछन्
हाम्रा पाले दाइ !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

15 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

15 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago