रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
चाैबीस् एकादशी मध्ये ठूलाे एकादशी
कमाउनु पर्छ पुण्य हेर ब्रत बसी।
ब्रत ठूलाे एकादशी अरू ब्रत भन्दा
तिमी पनि ब्रत बस मेरी छाेरी कुन्ता।
आमा छाेरी ब्रत बस्ने कुरा पक्का भयाे
मेराे पनि पूजापाठ तिरै ध्यान गयाे।
तुलसीकाे मठ लिपी सफा चट्ट पार्याैं
फूल टिपी माला गाँसी लिङ्गाे पनि गाड्याैँ।
दिनभरि के गर्छाै र रेसुङ्गामा जाऊँ
भन्नुभयो बाबाले नि मेला भरी आऊँ।
दिनभर रेसुङ्गाकाे घुम्याैँ मन्दिरमा
तनमन लगाएर प्रभु ईश्वरमा।
साँझपख तुलसीकाे भयाे बिहे पूजा
सबै मिली पूजा गर्दा भयाे खुबै मजा।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…