Categories: कविता

“हावा हुरी”

पुण्यप्रसाद घिमिरे
ब‌ैत्यश्वर-६, दाेलखा

झ्यालढाेका ड्याङ ड्याङ,
जस्तापाता ठ्याङ ठ्याङ ।
पार्याै सबलाई बित्याँस,
बदमास हुरी बतास ।

गमला ढाली फुटायाै,
लहरा थाङ्रा छुटायाै ।
वेग तिम्राे खराब छ,
बदमास हुरी बतास ।

फलफूलहरू चुँडायाै,
घर गाेठ नै उँडायाै ।
पार्याै सब‌ै सखाप,
बदमास हुरी बतास ।

सुईँ सुईँ गरि करायाै,
मेरा कपडा हरायाै ।
सबलाई पार्याै अत्यास,
बदमास हुरी बतास ।

झ्याल ढाेका थुन्दिन्छु,
बाबालाई भन्दिन्छु ।
तिम्राे घरचाहिँ कता छ,
बदमास हुरी बतास ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago