“अठोट”

अम्बिका धिताल

हेर हेर साथी हो
नयाँ वर्ष आएको
फूलहरू फुलेर
खुसियाली छाएको।

नयाँ कक्षा नयाँ किताब
नयाँ चित्र साथी छन्
घटाउ र जोडको हिसाब
औँलाभन्दा माथि छन्।

राम्रो पढी मिठो बोले
पाइन्छ सधैँ स्याबास!
आहा! कति राम्रो भने
थपिन्छ धेरै उत्साह।

पढ्नलाई कम्मर कसी
म त अघि सर्ने हो
सधैँ सधैँ ए प्लस ल्याई
देशको सेवा गर्ने हो।

फूलजस्तै बनी म त
छर्छु भोलि सुवास
अठोट गरेँ मैले अब
जीवन पार्छु मिठास।

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

17 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago