Categories: कविता

“हाहाकार छ देश भित्र अहिले”


कृष्णशरण उपाध्याय

यस्तो निर्ममपूर्ण काल कहिल्यै, देखेनथ्यो देशले
यो रक्ताम्य दशा र हाल कहिल्यै, भोगेनथ्यो देशले
सत्ता क्रूर बनेर आज खनियो, टोली खटाईकन
जेन्जी जीवन मृत्युमा बदलियो, गोली पचाईकन।

हाहाकार छ देश भित्र अहिले, बर्खे झरी आँशु छ
बा आमा हर भाइ बन्धुजनका, आँखा भरी आँशु छ
यो हिंसा र जघन्यता बढिदिँदा, चारैदिशा आँशु छ
प्रात: खूब खुशी थियो घर उही, सन्ध्या हुँदा आँशु छ।

जेन्जी बालक मात्र हैन अब ता, हो युद्ध सम्पूर्ण को
हो ती गाउँ समाजको शहरको, गर्भस्थ ती भ्रूणको
भ्रष्टाचार विरुद्ध आमजनको , हो युद्ध यो देशको
हो देशै भरिका स्वसंस्कृति-कला-भाषा तथा भेषको।

हो हामी दलमै विभाजित हुने? यस्तो अवस्था हुँदा?
जेन्जी बालक माथि काल खनिँदा? क्रूरात्म सत्ता हुँदा?
पार्टी या दल भुल्नु पर्छ सबले , नेपाल रक्षार्थमा
स्वेच्छाचार बिरुद्धको समरमा या देशको स्वार्थमा।

हत्यारा जति छन् प्रशासक सँगै, मन्त्री शिकारीहरू
जो छन् रक्त पिपासु कायर सँगै, आतङ्ककारीहरू
ती खोजेर घिसार्न राजपथमा, जम्मा हुने हो सब
जेन्जीका शिर माथि शासन नयाँ, जिम्मा दिने हो अब।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

15 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

15 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

15 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

16 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago