Categories: बाल कथा

होडबाजी


रचना शर्मा

“अब कसलाई बनाउने त जंगलको राजा ?” जनावरहरूमा खैलाबैला मच्चियो।
सिंहको अत्याचार र भ्रष्टाचारले सिमा नाघेपछि सबै वयस्क जनावरहरू मिलेर सिंहलाई सत्ताच्युत गराउने र रामधुलाई गर्ने निर्णयमा पुगे। यो खबर त्यस सिंहको नुन खाएकाहरूले सुटुक्क उसको कानसम्म पुर्याए। जंगलैभरीका जनावर एकजुट भएर आफू विरुद्ध षड्यन्त्र रचेको थाहा पाएर सिंहले सत्ताबाट राजिनामा दियो र फरार भयो।
“अब नयाँ जंगल बनाउनुपर्छ, भ्रष्टाचारको बीउले बनेका जंगलका रुखविरुवाहरू एक एक गरी सखाप पार्नुपर्छ !” – फ्याउरोले आदेश दियो। वयस्क बाँदर र मुसाहरू मिलेर भ्रष्टाचारमा सम्मिलित बाघ, भालु, चितुवा आदिका ओडार तहसनहस पारे। आवेसमा आएर जंगलका अति महत्त्वपूर्ण र मूल्यवान जडिबुटी,वृक्षहरू समेत भाँचभुँच पारेर जलाए। “हाम्रा नायकलाई पनि कैदबाट मुक्त गर्नुपर्छ !” अर्को ढाडे बनबिरालो करायो । स्याल, ब्वाँसा तथा छुचुन्द्राहरू थुनिएको खोरमा गएर बनबिरालोका समूहले तोडफोड गरे र थुनिएका जनावरहरूलाई भगाए।
“मियो विनाको दाइँ भयो हाम्रो जंगल। अब तुरुन्त लायकको अर्को राजा छान्नुपर्छ ।” गजराज गर्जिए। गजराजको गर्जन जंगलको एक कुनामा रहेको बन कुखुरोले सुन्यो। जनावरहरू भेला भएको ठाउँमा आयो र बास्दै बिन्ती चढायो,-“कुखुरी काँ
बासी भात खाँ
खोइ बासी भात ..?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

13 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

14 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

14 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

14 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago