हिउँदे बिदा भयो


विन्दु पौडेल वस्ती

“हिउॅदे बिदा भयो
मामाकाँ जाने मन भयो
आमा बालाई सोधेको
लमजुङ जान खोजेको

मामा पनि आउनु भो
साथमा जान पाइने भो
बाको अनुमति पाइयो
कपडा नि मिलाइयो

२/३ घण्टा लगाई
हिँडेँ म त सुस्तई
भाइबहिनी आए
खेल्न साथी पाएँ

हजुरआमा आउनुभो
नाति सन्चै भन्नुभो
मलाई मुखमा हेरेर
चिसा गाला छाम्नुभो

हजुरबाले बोलाउँदै
हातमा बिस्कुट थमाउदै
थाक्यो होला नाति
हजुबा कति जाती

बिहानीको झुल्के घाम
पारिलो हुन्छ घर आँगन
मामाघर बसी अघाइनँ
पढाइ छोड्न भएन

अहिले यत्ति बसेर
गृहकार्य सकेर
जान्छु म त घर
धेरै बिदा काँ छ र ?

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

6 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

6 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

7 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago