Categories: कविता

फुर्तिलो ज्यान बनाऊ


युगल बसेल
सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११

महिना पुस माघैमा
मन तानिन्छ आगैमा
जोलाई नि जाडो उत्ति हो
पर्छ सबको भागैमा ।

सिरकमा गुडुल्किऊँ कि ?
घामै ताप्न तम्सिऊँ कि ?
तातै तातो खाउँला कि ?
नत्र सातो जाला कि ?

चपाऊँ मकै भटमास
खाऊँ कोदो रोटी गाँस
कुक्रुक्किए झन च्याप्छ
चुलाऊँ फुर्तिफार्ति रास।

पोलौँ आलु पिँडालु
पकाऊँ ,तरुल गिठा लौ
घिउ ,चाकु गमर्क्याऊँ
ठन्डी परै उछिट्ट्याऊँ।

दाँत चिउँडो नकमाऊ
न्यानै नाना लगाऊ
कुक्रुक्किए च्याप्छ झन्
फुर्तिलो ज्यान बनाऊँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

12 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

12 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago