Categories: बाल कथा

हुलाकी राजमार्ग


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे, ईलाम

“बाबा ! हुलाकी भनेकाे के हाे ?” छाेरीले बेलुकाकाे खाना पछि किताबको झाेला खाेल्दै साेधी । “चिठी पत्र बाेकेर एक ठाउँबाट अर्काे ठाउँमा प-याउने मानिसहरु नै हुलाकी हुन्” मैले भने । “अनि तिनीहरूले कहाँ काम गर्थें त ?”उसले फेरि साेधी । “देशैभर ।” मैले भने ।” सरकारी,व्यक्तिगत संस्थागत चिठीहरु आउँथे हुलाकमा । जिल्ला बाट गाउँ गाउँ पुग्ने काम हुलाकीले गर्थे ।” “बाफ रे ! एउटा चिठी पुग्न कति दिन लाग्थ्यो हाेला ?” उसले भनी । “लाग्थ्यो नि । कहिले कहिलेकाही हामीले कलेजकाे फि पठाई दिनु भनेर लेखेकाे चिठी जाँच सकिदा मात्रै घर आईपुगथ्याे । पैसा घर आएर आफैँ लानु पर्थ्याे ।” “अनि हुलाकी सडक भनेकाे चैँ ?” “हाे तिनै हुलाकीहरु हुलाकबाट आएका चिठी पत्रका पाेका टाउकामा झाेलामा बाेक्थे ,हातमा एउटा लठ्ठी लिन्थे ,लठ्ठीका टुप्पो धारिलाे बनाउथे अनि त्यहाँ एक प्रकारकाे सानाे घण्टी बाँधेकाे हुन्थ्यो । जब हुलाकी त्याे बाटाे हिड्थ्याे घण्टीकाे आवाज सुनेर सबैले हुलाकी आयाे भन्थे । त्याे लठ्ठी हुलाकीकाे आफ्नाे सुरक्षाकाे लागि पनि थियाे । तिनै हुलाकीहरु हिडेकाे बाटालाई पछि सरकारले राजमार्ग बनायाे र उनैकाे सम्झनामा हुलाकी राजमार्ग नामाकरण ग-याे “मैले कथा सिध्याएँ । “अहाे ! क्या गजव रहेछ नि बाबा ?”छाेरीले भनी। ” त्यस्ता दु:ख गर्ने भूईमान्छेकाे सम्झनामा सडककाे नामाकरण।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 hour ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago