रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
ओरालोमा झरी कैले उकालोमा चढी
नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी
कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ
जेठो भाइ जैल्यै बस्छ टक्क अडी-अडी
तर आफ्नै सुरमा घुम्छन् घडीभित्र छडी
बाह्र वटै देशमा पुग्छन्, हेलो हाई गर्छन्
बाह्र बजे तिनै भाइ भेट्छन् मक्ख पर्छन्
यात्रा यिनको गज्जबको छ, हुन्न गडबडी
घुम्छन्, घुम्छन्, घुमिरहन्छन् घडीभित्र छडी
समयलाई चिन्नुपर्छ भन्ने पाठ पढौँ
हामी पनि यसरी नै अघि-अघि बढौँ
भोलि विद्वान् हुनुपर्छ आज धेरै पढी
मीठो सन्देश दिँदै घुम्छन् घडीभित्र छडी।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…