Categories: कविता

“हेमन्तको याम छ कष्टदायी”

घनश्याम रेग्मी

टाढा गए घाम चिसो बढेछ
अचम्मको याम यही रहेछ
त्यो उष्ण तातो अघिको हरायो
कामेर बस्ने अहिले गरायो।

बाक्ला लुगा किन्न छ बच्नलाई
खोलौँ कि ता बाकस झिक्नलाई
कि बाल आगो दन दन्न पार
तातो दिने बस्तु तयार पार।

बिहानमा तप् तप् शीत खस्छ
ढुडी बसी सूर्य समेत छेक्छ
पाउन्न तात्नै दिन ढल्न थाल्छ
र साँझ चाँडै अझ पर्न थाल्छ।

लामा भए रात छ कष्ट धेर
घटेर आयो दिनको उमेर
आगो धुनी हर्हर पार भाइ
बाँचौँ बचाऔँ अलि ताप पाई।

पानी चिसो झन् नदको नलीको
जमेर बस्ने मनकी छलीको
बेला थियो बालक काल खेल्थ्यौँ
खेलेर जाडो सब बिर्सिदिन्थ्यौँ।

छ आस भित्री मनमा उषाको
जानेछ कालो तम यो निशाको
फिर्नेछ हाम्रो दिन रम्य भोलि
वसन्त राम्रो रङ राग घोली।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

21 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

22 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago