Categories: बाल कथा

साहित्यकार

तुलसी पण्डित

“सर मलाई साहित्य लेख्न मन छ तर आउँदैन।” “आउँछ तिमी आँट गरन ,लेख्न सक्छौ।” “अँह कति कोसिस गरे आएन सर।” मैले उसलाई भने। “तिमीलाई कसैलाई गाली गर्न आउँछ ?” “त्यो त आउँछ सर।” “ल अब तिमीले अरुलाई कति सम्म गाली गर्न सक्छौं लेखेर ल्याउँ।”
“ऊ खुशी हुँदै गयो। उसले चारपाँच दिनमा पाँच पेज सम्मको गाली गर्दै लेखेर ल्यायो । मैले त्यो हेरे। ओहो ! तिमी त गाली गर्न निकै सिपालु रहेछौं। अझ थोरै भयो । यो गाली गरेको अझ धेरै लेख । ऊ गयो। केही दिनपछि ऊ आयो । “ल सर मैले गाली गरेर लेखेर ल्याए।” मैले हेरे उसले बीस पेज सम्म गाली गरेर लेखेको रहेछ ।
मैले उसलाई भने। “अब तिमीलाई अरुको प्रशंसा गर्न आउँछ।” “अँह सर त्यो त जानेको छैन।” “तिमीले जसरी गाली गर्यौं नि हो त्यसलाई उल्टाएर प्रशंसा गर। कोसिस गर।” ऊ अन्कनाउँदै गयो । पाँचदिनमा उसले प्रशंसा गर्दै दस पेज लेखेर ल्यायो । मैले हेरेर उसलाई भने । यो अति राम्रो भएछ ।अझ धेरै प्रशंसा गरेर लेखेर ल्याउँ। ऊ गयो। पाँचदिनपछि ऊ आयो। मैले हेरे। तीस पेज सम्म प्रशंसा गरेर लेखेको रहेछ।
उसको लेखाइ धेरै राम्रो भइ सकेको थियो। मैले उसलाई प्रशंसा गरेर अरु लेख्न भने। ऊ केही समयपछि आयो। पचास पेज सम्म उसले प्रशंसा लेखेको रहेछ। लेखाइको स्तर धेरै राम्रो थियो । मैले कालिदासको किताब दिदै भने ।”यो किताब पढ। अनि कालीदासलाई प्रशंसा मात्र गरेर ल्याउँ । ”
उसले दुई महिनापछि एक सय पेजको लेख लेखेर ल्यायो। जून लेख हेर्दा अति सुन्दर थियो।
मैलै पनि त्यसको मूल्यांकन गर्न न सकेर एक साहित्यकारलाई दिए। उनले पढी सकेर भने।
आहा ! “लौन यी साहित्यकारसँग भेट गर्ने मौका जुराइ दिनुहोस्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 week ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 week ago