Categories: कविता

“हेर हेर नानी”

प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम

हेर हेर नानी बाहिर पर्यो पानी
सिरक ओड़ मजले मिलाउ सिरानी।

तातो तातो पिउनु सँधै तातो पानी
बेसी झ्येउला गर्नु हैन राम्रो बानी।

आउ बस ओछ्यान भन्छु म कहानी
उहिले एक समयमा थिए राजा रानी।

राजा रानी बसेर गर्थे कुरा कानी
उनको देश भित्र सबै थिए ज्ञानी।

प्रजाहरू सुन्थे सँधै अमृत वाणी
साधुसन्त उबेला खूबै थिए ध्यानी।

वैरीहरू थिएनन् चोर डाकु थिएनन्
कसैले नी उबेला मदिरा पिएनन्।

पुजा गर्दै भजन सबै गाउने गर्थे
बिहान चाँड़ो उठेर धारा पानी भर्थे।

मन्त्रीहरू बाठा थे सत्ता राम्रो चलाउँथे
किसानहरू खेतमा खुबै अन्न फलाउँथे।

पक्षपात थिएन काटमार थिएन
सिमानामा शत्रुले कैले दु:ख दिएन।

जाड़ो हुँदा राजाले तातो लुगा बाँड़थे
छलकपट गर्नेलाई तरवारले फाँड़थे।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

11 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

11 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

11 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago