Categories: बाल कथा

भ्रूण हत्या

तुलसी पण्डित

ऊ रोयो , करायो, पछुतायो । आफूले गरेको कुकर्म प्रति पश्चाताप मान्यो । मैले किन प्रकृतिमाथि लात मारे । प्रकृतिलाई स्वीकार्नु सबैको कर्तव्य होनि । नत्र यो सृष्टि रहन्न । सृष्टिलाई मेटाउन खोज्ने म महामुर्ख हुम् । मैले सुखको लागि जून कुकर्म गरे त्यसको प्रायश्यित भोग्दैछु।
हुन पनि हो उसले श्रीमतीको गर्भमा रहेका भ्रुणहरु डाक्टरसँग जचायो । छोरी रहेको थाहा पाएर फाल्न लगायो। यसरी उसले सातवटा सम्म छोरीहरुको भ्रुण फाल्न लगायो । आठौँ गर्भ जचाउदा छोरो रहेछ ।ऊ खुशी भयो ।जन्मायो , हुर्कायो , पढायो , योग्य बनायो।
छोराको विवाह गर्ने बेला भयो । केटीको कुरा चलायो । छोराको विवाहको लागि अथक प्रयास गर्यो । तर कसैले छोरी दिएनन्।
उसले सोच्यो । किन मेरो छोराले कन्या पाएन । ऊ पढेलेखेको जागिरे छ । रुपमा राम्रो छ ।सम्पत्ति पनि प्रशत्त छ। उसले आफ्नो साथीसँग कुरा राख्यो।
“होइन भकुण्डे मेरो छोराको लागि कतै कन्या पाउन सकिएन । छोरो पैतीस वर्ष भैसक्यो। सबै कुराले निपुण हुदा पनि कोही अगाडि सर्दैनन् कन्या दिन।”
“हेर माने तैले प्रकृति माथि खेलबाड गरिस् । यो कुरा व्यापक चर्चा भएको छ । छोराको विवाह हुन न सक्नु यसैको परिणाम हो ।””होइन मैंले प्रकृति माथि त्यस्तो केही खेलवाड गरेको छैन ?”
” ती सातवटा छोरीको भ्रुण हत्या गरेको भुलिस्। “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

माते ! क्षमा म पाऊँ

खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…

6 hours ago

माता औँसी

शान्ता तिम्सिना भक्तपुर "सात बजिसक्यो छिटो उठ न ! मैले त नुहाइसकेँ ।" सानुले भनी।…

6 hours ago

आमाको माया

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…

7 hours ago

आमा

अम्बिका धिताल काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर “आमा, तपाईँ किन बिहान बेलुका सधैँ भान्सामा मात्र अड्किरहनुहुन्छ…

7 hours ago

शीतलता

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर आमा दमको रोगी छिन् । उनलाई घरिघरि स्याँ स्याँ…

2 days ago

सहासको रङ

नन्दलाल आचार्य ​"त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…

2 days ago