घनश्याम रेग्मी
यो रोहिणी लग्न लिएर भाद्र
खुल्दैछ ढोका करुणा दयाद्र
वृन्दावनी कोकिल साथ गाऊ
हे कृष्ण आऊ मुरली बजाऊ।
कृष्णाष्टमी पर्व घुमेर आयो
भाका भरी कोकिलले सुनायो
हे कृष्ण ओर्ली धरती सजाऊ
अन्याय चिर्ने मुरली बजाऊ।
नाच्यो फणा नागविशे चढेर
साथी सुदामासँगमा पढेर
गाई तथा गोप सुखी बनाऊ
मोहान्ध चिर्ने मुरली बजाऊ।
आफन्तमा हुन्न लडाइँ गर्न
अन्याय गर्नेसँग हुन्न डर्न
कर्तव्यको पाठ अझै पढाऊ
पाङ्ग्रो टिपी दुष्ट तिमी ठटाऊ।
कोही छिटै आउँछ नास्न कालो
पार्नेछ पृथ्वी भरमा उज्यालो
अन्यायको चूर्ण घडा बनाऊ
गीता सुनाऊ मुरली बजाऊ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…