अनन्तकुमार बस्नेत
देखिन्छ शान्त मथुरा चकमन्न रात
मानौँ मिठो मदकको छ अपूर्व मात
आश्चर्यको छ जगमा मद मोहरात्रि
आए यहाँ मदन धन्य भइन् धरित्री ।
आकाशमा मृदुल ढोलक बज्न थाले
इन्द्रादि देवगण छम्छम नाच्न लागे
को भन्न सक्छ हरिको महिमा अपार
सारा प्रहर्षित भयो यमुना किनार ।
हेर्दा मनोहर मुहार छ वर्ण कालो
आभा अलौकिक परन्तु सदा उज्यालो
गाई र सज्जन हितार्थ कृपा जताए
लीला अनेक गरी गोकुलमा बिताए ।
ग्वाला र गोप युवति अति हर्षमा छन्
देखेर कृष्ण व्रज नन्द सगर्वमा छन्
झिक्दै सुरम्य धुन वेणु मिठो बजाए
रासेश्वरी हृदय भित्र सँधै सजाए ।
पापिष्ठ कौरव सबै निमिट्यान्न पारे
गीता दिई मनुजको नयना उघारे
चैतन्यको बिगुल केशवले बजाए
सत्कर्मको डगरमा दुनियाँ हिँडाए ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…