आत्माराम न्यौपाने
हे सरस्वती माता …..!!
मेरी भाग्य विधाता …!!
सबसित रहने मनबिच बहने
हे सरस्वती माता
पङ्कज जस्तै धवल रूपकी
मेरी भाग्य विधाता ।
हे सरस्वती माता …..!!
मेरी भाग्य विधाता …!!
आज म प्रात: अबिर र रङले
पुज्दछु पुस्तक गाता
पुस्तकभित्र जे जति ज्ञान छ
कृपा ममा होस् दाता।
हे सरस्वती माता …..!!
मेरी भाग्य विधाता …!!
घनबादलले वर्षण गर्दा
चेतन वीजको छाता
लिईकन तिम्रै तिमीसँग मैले
गाँस्छु अलौकिक नाता।
हे सरस्वती माता …..!!
मेरी भाग्य विधाता …!!
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…