भगवती शर्मा
हेमन्त भाग्यो सुस्तरी शिशिर फेरि आयो
ठण्डा छ उस्तै माघमा कहर झन् बढायो
रोगी र पाका दुःखका दिन गनी बसेका
भाग्दैन ठण्डी माघमा अझ बढेर आयो।
बाक्लो लुगा लाई बसौँ अनल छेउ आई
खिच्रो पकाऊँ माघमा असल खान लाई
माघी मनाऊँ मस्तले तरुल होस् जुटाई
पाइन्छ जे जे खाउँला सुखद चित्त लाई।
पृथ्वी घुमे झैँ सुस्तरी ऋतु घुमेर आए
आफ्ना अनौठा कर्मले सर गरे जमाए
प्राणी जगत्ले साधना दिनहुँ गर्न आई
जाडो भगाए भाग्छ है श्रम गरेर आए।
यो जिन्दगी नै दुःख हो र सुख तिर्सना हो
यो घाम छाया भित्रको सफल सिर्जना हो
सङ्क्रान्ति जस्तै फेरिने बदलिँने रहस्य
खोजिन्छ त्यस्तै यो सधैँ नरहने भविष्य।
हेमन्त आयो या गयो शिशिर हुन्छ त्यस्तै
संसार यात्रा झैँ छ यो फरक पर्छ त्यस्तै
जाने र बस्ने चक्र हो समयको विचारी
जाँचेर जाने काम हो समय घुम्न फेरि।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…