नरिश्वर गौतम
हे सरस्वती माता,
मेरो अज्ञानताको भकारी ज्ञानले भरिदिनुस्
मूर्खताको भकारी विद्वताले भरिदिनुस्
रिसरागको भकारी बुद्धिविवेकले भरिदिनुस्
समस्याको भकारी धीरताले भरिदिनुस्
गरिबी र अभावको भकारी सिपले भरिदिनुस्
आलश्यको भकारी जोसजाँगरले भरिदिनुस्
शत्रुता र झगडाको भकारी मित्रताले भरिदिनुस्
व्यवहारमा सरलता र बोलीमा मधुरता भरिदिनुस्
जिद्दी, अहम्, घमण्ड हटाई उच्च विचार भरिदिनुस्
व्यभिचार, कुविचारको भकारी सदाचारले भरिदिनुस्
लोभ, लालचको भकारी सन्तोषले भरिदिनुस्
घृणाको भकारी माया, ममता र स्नेहले भरिदिनुस्
अपमानको भकारी इमान इज्जत र सम्मानले भरिदिनुस्
दुखपीडा र आँशुको भकारी अब हाँसोखुशीले भरिदिनुस्
नकारात्मकताको भकारी सकारात्मक नै भरिदिनुस्
अरु धेरै खासै माग्दिन, आफै जानेर दिनुस् है माता।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…