Categories: बाल कथा

होलिका दहन


रचना शर्मा

“ल ल ! अब सबैजना होलिका दहनको लागि तयार भएर बस । होलिका दहनको खुशीयालीमा एक आपसमा प्रेम साटासाट गर्नुपर्छ !” ट्युसन पढ्न आएका केटाकेटीलाई बुद्धिमायाले आदेश दिइन् ।
सबैकुरा देखेका र सुनेका छिमेकी घण्टालाल मुर्मुरिए । मनमनै सोचे, -‘यी महिलाहरू पनि के भा’ होलान् ? केहिदिन अघि महिला दिवस भनेर सडकमा जात्रा गरे, आज फेरि नारी अस्तित्वकै दहन गर्न तम्सेका छन् ।”
एकैछिनमा होलिकाको प्रतीक हुरुर्र जल्यो । बुद्धिमाया लगायत सबै केटाकेटीले रमाउँदै ताली बजाए । सबैले अनुहारमा राता , पहेंला, निला , हरिया अनेकौँ रंग दलि खुसीसाथ फागु मनाए ।
घण्टालाललाई यो दृश्य खपिनसक्नु भयो । उनले बुद्धिमायालाई सोधे, -“बुद्धिमाया जी ! रंग मात्र दलेर फागु मनाए हुँदैनथ्यो ? नारीको प्रतीक नै ध्वस्त पारेर होली मनाउनुपर्ने हो र ? आफू पनि एउटी नारी हुँ भन्ने कुरा बिर्सनु भयो कि कसो ?”
घण्टालालको कुरा सुनेर बुद्धिमायाले मुस्कुराउँदै भनिन् -“हेर्नुस् घन्टालाल जी ! कुरो के हो भने, यहाँ होलिकाको प्रतीकमा कुनै महिला जलाइएको छैन । सबै बाबुनानीलाई मैले आ-आफ्नो नराम्रो बानी कागजमा लेखेर ल्याउन अराएकी थिएँ । तिनै नराम्रा बानीलाई हटाउने प्रण गर्दै कागजरूपी होलिकाको दहन गरेका हौँ ।”
उनको कुरो सुनेपछि घन्टालालले भने -“ओहो ! मलाई पनि यस्तो कुरा हिजै भन्नुपर्दैनथ्यो त ? म पनि दहन गर्ने थिएँ नि मेरो होलिकालाई !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

7 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

8 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

8 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago