माहेश्वरी भट्ट
कञ्चनपुर
सानाे गाउँकी प्रतिभा नाम गरेकी केटी , वास्तवमै नाम जस्तै अद्भुत प्रतिभाशाली थिई। सानैदेखि पढाइमा तेज, चित्रकलामा निपुण, अनि गीत गाउन पनि सिपालु। तर समाजमा छोरी भनेको चुलोचौकोमै सीमित रहनुपर्ने सोच हावी थियो। प्रतिभाको सपना थियो – ठूलो चित्रकार बन्ने। तर उसको बुबाआमाले भने, “छोरी मान्छे भएर धेरै सपना देख्नु हुँदैन, घर व्यवहार सिक, बिहे गरेर अर्को घर जानुपर्छ !”
प्रतिभाले लाख सम्झाइन्, “बाबा, मलाई एक मौका दिनुहोस्, म मेरो मेहनतले केही गरेर देखाउँछु।” तर उसको कुरा कसैले सुनेन। जबरजस्ती बिहेको तयारी हुन थाल्यो।
अन्ततः प्रतिभाले एउटा कठोर निर्णय लिई। ऊ रातारात घर छोडेर शहर गइ। अनेक संघर्ष गरिन् र एकदिन गाउँमै उसको सम्मानमा कार्यक्रम आयोजना गरियो। समाजका ती नै मानिसहरू जसले कहिल्यै उसको सपनालाई स्वीकारेका थिएनन् तर आज गर्वले तिनैले भन्दै थिए “हाम्रो गाउँकी छोरी, प्रतिभा, देशकै गौरव बनिन् !”
बुबाआमाको आँखाबाट आसुँ झर्यो। उनीहरू पछुतो मान्दै थिए – “छोरी मान्छेले केही गर्न सक्दैन” भन्ने हाम्रो सोच कति गलत रहेछ !”प्रतिभाले मञ्चमा उभिएर मुस्कुराउँदै भनिन् , “छोरीलाई सपना देख्न दिनुहोस्, उनीहरू पनि समाजलाई उज्यालो बनाउन सक्छन्।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…