बिन्दु पौडेल
होली पर्व आयो
रङ्गै रङ्ग छायो
स्कुल बिदा भाको
कति मजा आको।
साथीभाइ जम्मा
होली खेल्न जाम न
आफ्नो मिल्ने साथी
मात्रै खेल्दा जाति।
हुन्न अरूलाई दल्न
त्यस्तो कसैले सहन्न
हुन्न नसोधी खेल्न
पर्ला झमेला जेल्न।
राम्रो मान्छे बन्न
लोला खेल्न हुन्न
ढल पानी नफाल
आउँछ फेरि गाल।
राम्रो मान्छे खोजेर
साथीभाइलाई सोधेर
सभ्य भई खेलौँ
विवाद कसैले नझेलौँ।
मित्रतालाई बढाउँदै
साथीभाइ रमाउँदै
यसरी होली आउँछ
सबैमा उल्लास छाउँछ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…