Categories: कविता

“फागु”

फागुन गुन लाएन बैगुन पनि छैन क्यै
लान्छ रे शिशिर फागुन् बिदाइ गर्दिनु सवै


मधुसूदनप्रसाद धिमिरे

लाेला बनाएर नखेल्नु भाइ
दिदी र बैनी अनि बुझ दाइ
साथी मिलेरै धर भित्र खेल्नु
कर कापमा काेहि कहिँ नखेल्नु।

हाेली मनाएर बसेका साथी
आफन्तसङ्गै मिलि खेल्न जाति
कर कापमा रङ् र पानी छ्यापे
हुँदैन आफन्त यति जानि राखे।

धाउ खटीरा राेग लाग्न सक्छ
फाेहर् र पानी दूर गर्नु पर्छ
राताे अबिर् खेल्नु हाेली मनाइ
आफन्त मान्छे सहपाठी लाई।

बिदा दिएकै दिन मात्र खेल्ने
लुकि छिपि अरु दिन् नखेल्ने
संस्कारकाे मान गरेर हामी
गराैँ रमाइलाे साथी मिलेर हामी।

प्रल्हादलाई पनि पाेल्न लाग्दा
हिरण्यकश्यपकी थी बैनी हाेलिका
पाेलेन आगाेले प्रल्ल्हाद लाई
भइ खरानी हाेलिका जलाइ।

जित्याे त सत्य बिलायाे असत्य
यहि भएरेै हाेलीकाे भाे महत्व
प्रल्ल्हाद ऐलेनि जिवन्त पात्र
पालन् गरे नियम छात्र छात्रा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

19 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

20 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

20 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago