Categories: कविता

“होली”


गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौँ

बटुलेर थालभरी
नाना थरी रङ्ग
होली खेल्छु मस्तीले
सबै साथीसँग।

करकापमा पारेर
कसैलाई रङ दल्दिनँ
मलाई ताकी आउनेलाई
छल्दा पनि छल्दिनँ।

वर्षा दिन कुर्दाकुर्दै
आएको यो होली
यस्तै खालको रमाइलो
कहाँ हुन्छ र भोलि ?

नाच्छु पनि रमाउँदै
बजाई होली गीत
सद्भावले मनाउने
बसाल्नु छ रीत।

होलीजस्तै सबैका
रङ्गिन बनोस् पल
असत्यको हार भई
मिलोस् शुभ फल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

5 minutes ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

19 minutes ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

1 day ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 day ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

2 days ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

2 days ago