Categories: बाल कथा

फागुको रङ


नन्दलाल आचार्य

“हजुरबा , हामी तराईमा भोलि होली खेल्छौँ ।” अमरले जिज्ञासा व्यक्त गर्यो, “तपाईँहरूले आजै खेलिसक्नुभएछ !”
किन फरक दिनमा ?”
हजुरबाले निधारको अबिर पुछ्दै भन्नुभयो, “होली समयले होइन, संस्कारले बाँधिएको पर्व हो, बाबु !”
अमर झनै अलमलमा पर्यो । हजुरबाले अगाडि थप्नुभयो, “पहाडमा ढोल नबजाई होली सकिन्न, तराईमा फागु अन्त्य नभई रङ अडिन्न ।”
अमरले आफ्नो हातमा लिएको अबिर हेर्यो । “तर पर्व त एउटै हो, फेरि किन फरक ?”
हजुरबाले अमरको निधारमा अबिर दल्दै भने, “साँच्चै एउटै हो, तर संस्कृतिको नदी फरक-फरक घाटमा बग्छ ।”
अमर टोलायो । हजुरबाको आवाज फेरि सुनियो, “रङ फरक देखिए पनि उल्लास उस्तै छ, समय फरक भए पनि सद्भाव उस्तै छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

5 minutes ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

19 minutes ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

1 day ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 day ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

2 days ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

2 days ago