घनश्याम रेग्मी
सन्तान घरका सारा झुम्दथे नेट नेटमा
बजाऊ जति नै घन्टी कोही पुग्दैन गेटमा
कसैको ध्यान नै हुन्न खानाका परिकारमा
खाना खाँदा भयौँ साथै आज ता परिवारमा।
कोही आओस् कि वा जाओस् सरोकार कहाँ हुनु
कहाँ छन् घरका व्यक्ति कहिलेसम्म आउनु
आआफ्ना धुनमा मस्त कसैको छैन है भर
राम्रो मौका दियौ आज साथै छौँ अहिले तर।
अभिभावक छोडेर साना बालक बालिका
मस्त ग्याजेटमा झुम्थे नेटका खेल तालिका
पुरानो खोजियो पुस्ता कहानी सुन्नका पथ
यो सबै कार्यका लागि तिमीलाई दिएँ जस।
निकालिए पुराना ती टुकी बत्ती भए कतै
हरेक साँझमा यस्तै भए हुन्थ्यो सधैँ सधैँ
भान्साको काममा हात बढाए सकिए जति
धन्यवाद तिमीलाई राम्रो मौका दियौ यति।
अभाव गतिलो हैन तैपनि काम यो भयो
पिलिक्क अहिले आयो र फेरि अहिले गयो
लुकामारी चलेको छ साह्रै नै दुःख लाग्दछ
यो भन्दा गतिलो किस्सा अर्को के हुन सक्तछ?
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.