Categories: बाल कथा

हजुर्बाकाे जन्मदिन


राजन कार्की पाजु
धरान १३सुनसरी

“ए, नानी! आज त मेरो चस्मा वनाएर ल्याइदेन है, सारै अप्ठ्यारो भो!”
अफिस हिड्न लागेको छोरोलाई उनले अनुनय गरे।
“अफिसको कामले मलाई कहाँ फुर्सद हुन्छ र बा , चस्मा सस्मा वनाउन! ऐले तेसैले काम चलाउनु, फुर्सद मिलेपछि वनाएर ल्याई दिम्ला।” सुरजले झर्किदै जवाफ दियो।
घरि बावुको घरि हजुर्वाको अनुहार हेर्दै कुरा सुनिरहेको ११ वर्षे छोरो विनम को हातसमाएर ” हिँड स्कुल!”भन्दै सुरज निस्कियो।
केहि महिना अगाडि उनको चस्मा भाँचिएर लाउनै नहुने भयकोथ्यो, छोरासँग दैनिक अनुनय गर्थे उनी, तर उनको अनुनय अरण्यरोदन सावित हुन्थ्यो।
“कहाँ जान लागेकी बुहारी! मेरो चस्मा पनि वनाएर लेइदेउन है ?” बाहिर निस्कन लागेकी वुहारीलाई उनले अनुरोध गरे।
“म भ्याउदिन ! किन चाहियो ऐले ? छोराले पछि बनाएर ल्याईदिन्छु भन्नुभएकै छ त !” भन्दै विमला निस्किईन्।
लामो सुस्केरा लिँदै उनी ओछ्यानमा पल्टिए।
बेलुका सवै भेला भए। विमलाले सबैलाई खानाखान बोलाइन्, विनमले हजुरबालाई डोर्याउँदै ल्याएर मेचमा बसाउँदै भन्यो ” हजुरबा !! आज त तपाईँको जन्मदिन भनेको हैन ?”
“हो हो! बस् अब खाना खान ! विमलाले खाना दिँदै छोरालाई झपारिन्।
विनम हजुरबाको छेउमा गयो र खल्तीवाट चस्मा झिकेर लगाईदिँयो र ताली वजाउँदै भन्यो- “हेप्पी वड्डे हजुर्वा!”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

14 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

14 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago