
बिष्णु उप्रेती
भक्तपुर राधेराधे
“नमस्कार गुरु , हामी दुईले बैवाहिक जीवन सुरुगर्ने बिचार गरेर ,गरुसँग चिना मिलाई मागौँ ,भनेर आएका।” भन्दै एक जाेडा युवायुवती ज्याेतिष गुरुकाे कार्यकक्षमा प्रवेश गरे।
“ल बस्नुस् ,” गुरुले नमस्कार फर्काउदै कुर्सीतिर ईसारा गरे।
“गुरु, अनि कति गुण मिल्याेभने बिवाह गर्न मिल्छ गुरु?”
युवतीले प्रश्न गर्दै चिना गुरुलाई दिईन्।
“तपाईँहरु प्रेमी प्रेमिका हाे ? अनि ,कति बर्ष भयाे लभ गरेकाे ?”
“हाे गुरु, दुईबर्ष भयाे, हामीहरुकाे प्रेम भएकाे।”
“तपाईँको बिवाह गर्न जम्मा पाँचगुण मिल्नु पर्छ।”
“के के गुण गुरु ? युवतीले साेधिन्।
“पहिलाे ब्लड ग्रुप अनि आर्थिक अवस्था, उमेरमा समानता, स्वार्थ रहित भावनात्मक एकता र स्वास्थ्याे अवस्था। यिनै गुणहरु मिल्यो भने तपाईँहरुकाे बैवाहिक जीवन सफल हुन्छ।”
“हैन गुरु, अरु ज्याेतिषीले त , रासी ,गण, नाडी,के के भन्छन् त ?” दुबैले छक्कपर्दै भने।
“त्याे त, बीस बर्ष मुनीका केटाकेटीलाई , बाबुआमाले माँगी बिवाह गर्दालाई मात्र हाे।





