
युगल बसेल
सन्धिखर्क
हाल: चन्द्रागिरी११,काठमाडौँ
आजै र मैले घाँसै र काटेँ
भेडीको थुमेलाई
आहै भेडीको थुमेलाई
पहिलोमा चरण गाएको गीत
सिमे र भुमेलाई
आहै सिमे र भुमेलाई।
खोलीको माछो
झुट होइन साँचो
सिमे र भुमेलाई
आहै सिमे र भुमेलाई।
छुपुमा छुपु धानै र रोपौँ
हातमा बिउ छँदै
आहै हातमा बिउ छँदै
नानीले पौरख देखाइदिए है
बाबाको जिउ छँदै
आहै बाबाको जिउ छँदै
पातको बेरी
लौ भन फेरि
बाबाको जिउ छँदै
आहै बाबाको जिउ छँदै।
खनीमा खोस्री उकेरा लायौँ
मधिसे सिमिलाई
आहै मधिसे सिमीलाई
जहिले म हेर्छु पढेकै देख्छु
धन्यवाद तिमीलाई
आहै धन्यवाद तिमीलाई
कोदाली खन
लौ फेरि भन।
धन्यवाद तिमीलाई
आहै धन्यवाद तिमीलाई।
असारै मासको दबदबे हिलो
छि: मलाई घिन लायो
आहै छि: मलाई घिन लायो
नानीले पढ्दा
म भन्ने छैन
इ: मलाई रिन लायो
आहै इ: मलाई रिन लायो
पातै र मर्काम
लौ फेरि फरकाम
इ: मलाई रिन लायो
आहै इ:मलाई रिन लायो।
असार मासमा वनका पाखामा
आँकुरा पलाए
आहै आँकुरा पलाए
ए नानी बाबु ,गरे है जादु
नाम कीर्ति कमाए
आहै नाम कीर्ती कमाए
दैलोलाई घर्काऊ
लौ फेरि फर्काऊ
नाम कीर्ति कमाए
आहै नाम कीर्ति कमाए।





