
ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ
बिदाभयो कालोमैलो
दिनभयो घमाइलो
घरघरमा आयो दसैँ
लाग्यो हामीलाई रमाइलो
टीका र जमरा लाउँछौँ
पैसा पनि पाउँछौँ
साना हामी केटाकेटी
साह्रै नै रमाउँछौँ
चचहुई पिङ खेल्छौँ
खान्छौँ मीठो मसिनो
न त धेरै जाडो हुन्छ
न त आउँछ पसिना
आशिष् दिन्छन् ठूलाबडा
हजुरबा र आमाले
सुहाउँछ भन्छन् सबै
रातो राम्रो जामाले।





