स्वभाव


माधव पगेनी

एकचोटीकाे कुरा हाे, एउटा गधा र बाघ बीच ठूलो भनाभन चल्यो। गधाले भन्यो, ‘घाँस त नीलो हुन्छ !’ बाघले भन्यो, ‘होइन, हरियो हुन्छ!’ यिनीहरू बाझ्दै-बाझ्दै जंगलका राजा सिंहकहाँ पुगे।
जंगलका राजाले भने तिमीहरू के समस्या पर्याे भन ।
गधाले सिंहलाई भन्यो, ‘हेर्नुस् न महाराज, यसले म सँग धेरै जिद्दी गरिरहेको छ। म भन्छु, घाँस नीलो हुन्छ, तर उ मान्दै मान्दैन। घाँस हरीयाे हुन्छ भन्छ, अब तपाईं नै भन्नुस् न ।
गधाकाे कुरा सुनेर सिंहले भन्यो, ‘ याे गधाले ठिक भन्यो। घाँस नीलो नै हुन्छ।
गधा खुसीले नाच्न थाल्याे। ऊ खुसीले चिच्याउँदै हिँड्यो। केही बेरपछि गधा फेरि सिंहकहाँ आयो र भन्यो, ‘राजा ज्यू, मुद्दा त मैले जितें। बाघले म सँग झगडा गरेर मेरो धेरै समय खेर फाल्यो। अब बाघलाई सजाय दिनुहोस्।
सिंहले भन्यो, हो, तिमीले ठिकै भन्यौ। यो बाघलाई त सजाय दिनै पर्छ। उसले बाघलाई भन्यो, बाघ, अरू तीन दिनसम्म तँ मौन बस्नुपर्छ। यो नै तेरो लागि सजाय हो।
यो देखेर गधाकाे खुसीकाे सिमा रहेन । उ नाच्दै, चिच्याउँदै त्यहाँबाट गयो। गधा गए पछि बाघले सिंहलाई सोध्यो । तपाइ कस्तो राजा हो? अनि यो तपाइकाे कस्तो न्याय हो ?
सिंहले भन्यो, ‘हेर, ध्यान दिएर सुन्। तँलाई पनि थाहा छ घाँस हरियो हुन्छ। मलाई पनि थाहा छ घाँस हरियो हुन्छ। यो सारा दुनियाँलाई थाहा छ घाँस हरियो नै हुन्छ। त्यसो भए तँ किन गधासँग बहस गर्दै थिइस्? तँलाई यही कुराको सजाय मिलेको हो कि तँ गधा सँग बाझेको थिइस्। गधासँग बहस गर्ने वाला नै सबैभन्दा ठूलो गधा हो।
यो कथाको भावार्थ के हो भने, यो संसारमा धेरै जिद्दी मानिसहरू हुन्छन्। यदि तपाइ हामी पनि उनीहरू जस्तै, उनीहरू सँग जिद्दी या बहस गर्छौ भने, तपाइ हामी र यस्ता मानिसमा के फरक देखिन्छ र । त्यसैले यस्ता मानिस सँग बहस गर्नु भन्दा नवाेल्नु नै बेश हुन्छ ।